काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
६३ पटक हेरिएको
Shares
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु

सारांश

  • सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच विभाजित छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।
  • भारतीय सेनाको चिनार कोरले कारबाहीमा पाँच ‘आतङ्ककारी’को सुरक्षा बलको गोली लागी मृत्यु भएको र दुई जना सैनिक घाइते भएको जनाएको छ ।
  • सुदूर उत्तरी क्षेत्रमा ५० लाख भारतीय सेना तैनाथ छन्, जुन ३५ वर्ष लामो विद्रोहसँग लडिरहेको छ जसमा दशौं हजार नागरिक, सैनिक र विद्रोहीमारिएका छन् ।

४ पुस  काठमाडौँ, भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ । सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच विभाजित छ र दुवै देशले यस क्षेत्रमा पूर्ण रूपमा दाबी गर्दै आएका छन् ।

भारतीय सेनाको चिनार कोरले कारबाहीमा पाँच ‘आतङ्ककारी’को सुरक्षा बलको गोली लागी मृत्यु भएको र दुई जना सैनिक घाइते भएको जनाएको छ । सुदूर उत्तरी क्षेत्रमा ५० लाख भारतीय सेना तैनाथ छन्, जुन ३५ वर्ष लामो विद्रोहसँग लडिरहेको छ जसमा दशौं हजार नागरिक, सैनिक र विद्रोहीमारिएका छन् । उक्त षेत्रमा यो बर्ष पनि कम्तीमा १२० जना मारिएका छन्। विद्रोही समूहहरूले काश्मिर क्षेत्रको स्वतन्त्रताको माग गर्छन् वा यस क्षेत्रलाई पाकिस्तानमा गाभ्न चाहन्छन् ।

नयाँ दिल्लीले पाकिस्तानलाई नियमित रूपमा लडाकूहरूलाई हतियार प्रदान गरेको र उनीहरूलाई आक्रमण गर्न मद्दत गरेको आरोप लगाउँदै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वकोसरकारले सन् २०१९ मा उक्त क्षेत्रको आंशिक स्वायत्तता खारेज गर्दै यस क्षेत्रलाई आफ्नो प्रत्यक्ष शासनअन्तर्गत ल्याएको थियो । करिब एक करोड २० लाख जनसङ्ख्या रहेको यस क्षेत्रमा नयाँ दिल्लीले नियुक्त गरेका गभर्नरको नेतृत्वमा प्रशासनिक काम हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
१२ दिनमा १३ लाख किशोरीले लगाए एचपीभी खोप
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
चर्चित लोकगायिका शारदा सिन्हाको निधन
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
विमानस्थलबाट बाहिरिँदै गरेको विमानमा गोली प्रहार
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
भारतीय राजदूत श्रीवास्तवको अवस्था सुधार उन्मुख, जनरल वार्डमा सार्ने तयारी
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा