बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२७ पटक हेरिएको
Shares
बालेनले भेटे तीनकुने घटनाका पीडित परिवारलाई, न्यायिक छानबिनको माग

सारांश

  • काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् ।
  • तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।
  • बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताए ।

 

२६ चैत, काठमाडौं ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले तीनकुने घटनाका पीडित परिवारलाई भेटेका छन् । तीनकुनेमा घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई भेटेपछि उनले निष्पक्ष छानबिनको माग गरेका छन् ।

बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेनले व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नभएको उल्लेख गर्दै यस्ता आपराधिक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताए । ‘दोष कुनै पनि पक्षको त्यो तपशीलको कुरा निष्कर्ष न्यायिक छानबिन हुनुपर्छ । तर्क जे भए पनि कोहीले अनाहकमा ज्यान गुमाउनु भएन’, शाहले भेटबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?