अज्ञात समूहको आक्रमणबाट वृद्धको मृ*त्यु,

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा अज्ञात समूहको आक्रमणबाट वृद्धको मृत्यु भएको छ।
  • आक्रमणबाट गम्भीर घाइते भएका खाँदबारी–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको मृत्यु जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।
  • घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको छ।

१४ वैशाख, सङ्खुवासभा

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा अज्ञात समूहको आक्रमणबाट वृद्धको मृत्यु भएको छ। आक्रमणबाट गम्भीर घाइते भएका खाँदबारी–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको मृत्यु जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको छ।

अपरिचित समूहको आक्रमणबाट गम्भीर घाइते भएका वृद्ध कुमालको मनकामना सामुदायिक अस्पतालमा पुर्‍याउनु अघि नै मृत्यु भइसकेको थियो। आफ्नै घरमा सुतिरहेका कुमालको गएराति साढे १२ बजे तिर अपरिचित दुई जनाको समूहले घाँटीमा थिचेर गम्भीर घाइते भएका कुमाललाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनास्थल पुगेका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए।  बरन्डा कोठामा सुति रहेका कुमालाई आक्रमण गरेको आवाज थाहा पाएपछि घरभित्र सुतिरहेकी श्रीमती सुनामाया कुमाल बाहिर निस्किएकी थिइन्। बाहिर निस्कँदा श्रीमानलाई दुई जनाले आक्रमण गरेको देखेपछि उनले छिमेकीलाई खबर गरेपछि छिमेकी घटना स्थल पुगेका थिए।

घटनास्थलमा मृतक कुमाल घाइते अवस्थामा देखेपछि उनीहरूले घाइतेलाई अस्पताल लगेको प्रहरी निरीक्षक लामिछानेले जानकारी गराए। घटना लगत्तै फरार भएका व्यक्तिहरूको खोजी भइरहेको जनाएको उनले बताए। वृद्धको हत्या के कारण भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन। घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेत सहितको टोली खटिएको थियो। फरार अभियुक्तहरूको खोजीका लागि सबै नाका सिल गरिएको प्रहरीले जनाएको छ। मृतक कुमालको घरमा श्रीमतीसहित बस्दै थिए। मृतकका दुई छोरा विदेशमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
रवि लामिछानेमाथि २७ करोडको सम्पत्ति शुद्धीकरणको अभियोग, तीन मुद्दामा १० वर्ष जेल सजाय माग
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
जेनजी आन्दोलनमा योजनाबद्ध घुसपैठ भयो : तत्कालीन गृहमन्त्री लेखक
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 
सवारी दुर्घटना न्यूनीकरण उद्देश्यले बरहथवामा ट्राफ़िक डे संचालन 
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान विदेश निर्यात
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूूतहरूको शिष्टाचार भेट
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय हो : कार्यवाहक प्रमुख डंगोल
पछिल्लो ६ घण्टामा कहाँ कति पानी पर्‍यो ?
पछिल्लो ६ घण्टामा कहाँ कति पानी पर्‍यो ?
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
विराटनगरमा ११ बजेपछि यातायात बन्द आह्वान
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो
जेनजी आन्दोलनकारीबाट प्रहरीले जोगाएको करिब १८ लाख रुपैयाँ माछापुच्छ्रे बैंकका प्रतिनिधिलाई बुझायो