सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
४४ पटक हेरिएको
Shares
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण रोक्न आग्रह गरे पनि रुसले बिहीबार राति फेरि घातक हवाई आक्रमण गरेको छ ।
  • उक्त आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
  • मानव रहीत यान (ड्रोन) आक्रमणमा पूर्वी शहर पाभ्लोहरादमा एक बालक र ७६ वर्षीय महिला सहित तीन जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

 

एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण रोक्न आग्रह गरे पनि रुसले बिहीबार राति फेरि घातक हवाई आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तिमा ८ जनाको मृत्यु भएको छ । मानव रहीत यान (ड्रोन) आक्रमणमा पूर्वी शहर पाभ्लोहरादमा एक बालक र ७६ वर्षीय महिला सहित तीन जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

दक्षिणी क्षेत्र खेरसोनमा दुई जनाको ज्यान गएको डोनेट्स्क र खार्किभमा थप तीन जनाको मृत्यु भएको छ।गत बिहीबार, रुसले कीभमाथि पछिल्लो वर्षको मध्यदेखि हालसम्मको सबैभन्दा ठूलो बमबारी गर्‍यो, जसमा १२ जनाको मृत्यु र ८७ जना घाइते भएका थिए । उक्त आक्रमणमा उत्तर कोरियाली प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )प्रयोग भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?