ढल्केबरमै ट्रमा सेन्टर बन्ने, लहानमा युनिट सञ्चालन गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २५, २०८३
|
|
१९७ पटक हेरिएको
Shares
ढल्केबरमै ट्रमा सेन्टर बन्ने, लहानमा युनिट सञ्चालन गरिने

सारांश

  • धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने भएको छ।
  •   स्थानीय बासिन्दाले आन्दोलन गर्न थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।
  • नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताइन्।

२५ साउन, काठमाडौं ।

धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण कार्य नरोकिने भएको छ।  स्थानीय बासिन्दाले आन्दोलन गर्न थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताइन्।  सोमबार प्रतिनिधि सभाको बैठकमा यसबारे जानकारी दिँदै मन्त्री मेहताले ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताइन्।

दुर्घटनामा गम्भीर घाइते भएका नागरिकलाई उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा र दीर्घकालीन पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाएको उनको भनाइ थियो।  त्यस्तै, लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, बिरामीको पर्याप्त चाप तथा ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार रहेको उल्लखे गरिन्। त्यसैले लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले बताइन्।  ‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ मन्त्री मेहताले भनिन्, ‘नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।’

मन्त्री मेहताले एक ठाउँमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन्। सरकारको नीति नै आवश्यकताअनुसार, देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनको भनाइ छ। ‘हाम्रो उद्देश्य एउटै हो, दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,’ मेहताले भनिन्।  ढल्केबरमा निर्माण भइरहेको संरचनालाई अगाडि बढाउन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन जनप्रतिनिधि र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न मन्त्री मेहताले आग्रह गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
मनहरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, १३ जना घाइते
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री
बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल