कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कर्णालीमाथि जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

सारांश

  • जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
  • आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेटको जित दर्ता गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो ।
  • पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो ।

४ पुस,काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेटको जित दर्ता गर्दै उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले फाइनल खेलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको इलिमिनेटर खेलमा कर्णाली याक्स विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । १७ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । तर, विपिन शर्माले उनलाई आउट गर्दा खेल रोमाञ्चक बन्न पुगेको थियो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् । ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा
अस्ट्रेलियन कप्तान स्टिभ स्मिथले वानडे क्रिकेटबाट सन्यासको घोषणा
वीरगञ्ज नाकाबाट ३ महिनामा भित्रियो २ खर्ब १८ अर्बको सामान
वीरगञ्ज नाकाबाट ३ महिनामा भित्रियो २ खर्ब १८ अर्बको सामान
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य  
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य  
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूल थोक मूल्य
सशस्त्र प्रहरी नायब निरीक्षक मृत्यु प्रकरण : दुई जना पक्राउ
सशस्त्र प्रहरी नायब निरीक्षक मृत्यु प्रकरण : दुई जना पक्राउ