Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ११, २०८२
|
|
३८ पटक हेरिएको
Shares
भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा आउनु भएका खट्टर बुधबार मुक्तिनाथ दर्शनका लागि जानुभएको थियो ।
  • मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि ऊर्जामन्त्री खड्काले यो यात्राले नेपाल– भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो ।
  • भारतीय विद्युत्मन्त्री खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

११ वैशाखः  काठमाडौँ, 

भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा यही वैशाख ९ गते दुई दिने नेपाल भ्रमणमा आउनु भएका खट्टर बुधबार मुक्तिनाथ दर्शनका लागि जानुभएको थियो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि ऊर्जामन्त्री खड्काले यो यात्राले नेपाल– भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्नुभयो । भारतीय विद्युत्मन्त्री खट्टरको मुक्तिनाथ भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको उहाँले विश्वास व्यक्त गर्नुभयो । “धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ मजबुत बनाएको छ । यस्ता अवसरले दुई देशबीचको मित्रता र सहयोगको भावना थप प्रगाढ बनाउँदै लैजाने छ”, उहाँले भन्नुभयो ।

भारतीय विद्युत्मन्त्री खट्टरले नेपाल धार्मिक तथा ऐतिहासिक रूपमा पवित्र भूमि रहेको भन्दै मुक्तिनाथ तथा पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्द महसुस भएको बताउनुभयो । उहाँले धार्मिक पर्यटनका क्षेत्रमा नेपालले जोड दिनसके नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको एक प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथ मन्दिरले भारतका साथै अन्य देशका पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । यस किसिमका उच्चस्तरीय भ्रमणले धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै नेपाल–भारत सम्बन्धमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ । दुई दिने नेपालका भ्रमणका लागि आउनुभएका भारतीय विद्युत्मन्त्री बुधबार साँझ स्वदेश फर्कनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
प्रधानमन्त्री ओलीको दाबी – हाम्रो आग्रहपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव : मंगलबारसम्म हावाहुरीसहित पानी पर्ने संभावना
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
गाजा युद्ध अन्त्य र बन्धकको रिहाइको माग गर्दै इजरायलमा विशाल प्रदर्शन
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : मन्त्री खरेल
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
पूर्वइन्जिनियर श्रेष्ठविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्दा
रवि लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
रवि लामिछानेलाई धरौटीमा छोड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश