प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
८३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले जलवायु न्यायका लागि राष्ट्रसंघ महासभामा उठाउँदैछन् ५ विषय

सारांश

  • प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा पाँचवटा विषयमा विश्वको ध्यानाकर्षण गराउने भएका छन् ।
  • सेप्टेम्बर २४ मा उनले महासभामा सम्बोधन गर्ने तय भएको छ ।
  • उक्त सम्बोधनमा मुख्य रुपमा प्रधानमन्त्रीले फोकस गर्ने विषयबारे परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

२६ भदौ, काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु र त्यसबाट सिर्जित प्रकोपको विषयमा पाँचवटा विषयमा विश्वको ध्यानाकर्षण गराउने भएका छन् । सेप्टेम्बर २४ मा उनले महासभामा सम्बोधन गर्ने तय भएको छ । उक्त सम्बोधनमा मुख्य रुपमा प्रधानमन्त्रीले फोकस गर्ने विषयबारे परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रधानमन्त्रीले जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले बारम्बार भोग्नुपरेको जनधनको ठूलो क्षति बारे विश्वसमुदायको ध्यानाकर्षण गर्ने छन् । नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नुपरिरहेको विषयलाई प्रस्तुत गर्नेछन् । यस सन्दर्भमा नेपालले हानी नोक्सान कोष लगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्ने जस्ता जलवायु न्याय सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने परराष्ट्रले जानाएको छ ।

नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायु चुस्त कृषि प्रवर्द्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपिल गर्नेछन् । नेपालले प्रकृति-मैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहद् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको बारेमा जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
अनेरास्वियुमा प्यानलको तयारी, कसको समूहबाट को-को ?
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
कोवाङ-जोमसोम सडक निर्माणमा ढिलासुस्ती
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा
मधेस प्रदेश सरकारबाट शिक्षा तथा संस्कृति मन्त्री शर्माले दिइन् राजीनामा