श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
५१ पटक हेरिएको
Shares
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल

सारांश

  • प्रतिपक्ष दलको बैठकले श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैको भिजिट भिसा प्रकरणमा छानबिन गर्ने गरी समिति वा आयोग बनाउनुपर्ने माग अघि सारेका छन् ।
  • संसद भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा मंगलबार बिहान बसेको बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हालसम्मका गृहमन्त्रीको माथि छानबिन गर्नुपर्नेमा प्रतिबद्धतता व्यक्त गरेका हुन् ।
  • श्रम ऐन २०६४ जारी भएपछि गृहमन्क्री बनेका व्यत्तिहरुको भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनु पर्ने निर्णय गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

२० जेठ, काठमाडौं ।

प्रतिपक्ष दलको बैठकले श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैको भिजिट भिसा प्रकरणमा छानबिन गर्ने गरी समिति वा आयोग बनाउनुपर्ने माग अघि सारेका छन् । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा मंगलबार बिहान बसेको बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हालसम्मका गृहमन्त्रीको माथि छानबिन गर्नुपर्नेमा प्रतिबद्धतता व्यक्त गरेका हुन् । श्रम ऐन २०६४ जारी भएपछि गृहमन्क्री बनेका व्यत्तिहरुको भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनु पर्ने निर्णय गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले विपक्षी दलहरुको अडान गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्नेमा कायम रहेको बताएका थिए । यसमा सत्तापक्ष कुन तरिकाले प्रस्तुत हुन्छ त्यही अनुसार अघि बढौंला भनेको बैठकमा सहभागी एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले जानकारी गराए । बैठकले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग पुनः अघि सारेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक आएर जवाफ दिन पनि माग पनि गरिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार एकीकृत समाजवादी भने गृहमन्त्रीको राजीनामा माग्न आवश्यक नरहेको आशयमा प्रस्तुत भएको थियो । बैठकमा सहभागी एक नेताले भने, ‘व्यक्ति होइन, प्रवृत्ति हेरौं । राजीनामा नै किन माग्नु भन्ने आशय उहाँहरुको थियो ।’ बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, महिन्द्र राय यादवको नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए । विपक्ष अर्को दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको थिएन । विपक्ष दलको बैठकले निकालेको निष्कर्षको आधारमा प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेलाई भेट्न गएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?