बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २५, २०८०
|
|
४३ पटक हेरिएको
Shares
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्।
  • बालेन निजी कामको सिलसिलामा भारतमा रहेका बेला बालेनले कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे उनका सचिवालयका सदस्यहरुले जानकारी दिएका हुन्।
  • नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो।

काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन्। बालेन निजी कामको सिलसिलामा भारतमा रहेका बेला बालेनले कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे उनका सचिवालयका सदस्यहरुले जानकारी दिएका हुन्।

नेपाल कुनै समय पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्म फैलिएको थियो। ब्रिटिस भारतसँग सुगौली सन्धिमा क्रममा नेपालले ती भूमि गुमाएको हो।

काठमाडौँका मेयर बालेन शाहले टिस्टादेखि सतलजसम्म फैलिएको उक्त भूमिसहितको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका हुन्। उनको सचिवालयका सदस्यका अनुसार बालेन भारत भ्रमणबाट फर्केपछि उक्त नक्सा सार्वजनिक गर्ने योजनामा थिए। भारतले नवनिर्मित संसद् भवनमा नेपालका भूभागसमेत समेटिएको अखण्ड भारतको ‘भित्तेचित्र’ राखेपछि नेपालमा त्यसको चर्को विरोध भए पनि भारतको चारदिने भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नेतृत्वसँग औपचारिक कुराकानीका क्रममा यसबारे एक शब्दै बोलेनन्। परराष्ट्रमन्त्री एनपी साउदले त भारतको संसदमा राखिएको अखण्ड भारतको भित्तेचित्रबारे आफूलाई जानकारी नै नभएको बताएका थिए।

भारतले उक्त भित्तेचित्रमा नेपालका भूभाग समेटेपछि संसद्, सडक र सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ। प्रधानमन्त्री दाहालसहित नेतृत्वले भने यसलाई ‘अनदेखा’ गरिरहेको छ। प्रधानमन्त्री दाहालले ‘भारतीय पक्षले अनौपचारिक कुराकानीका क्रममा ‘सांस्कृतिक नक्सा’ हो भनेपछि आफूले कुरा अगाडि बढाइरहनु नपर्ने ठानेको बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्धनको मूल्यसँगै बढ्यो हवाई भाडा
इन्धनको मूल्यसँगै बढ्यो हवाई भाडा
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
दुई दर्जन होटेलमा क्षति, २५ अर्बको नोक्सानी
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
मलंगवाका सडकमै बालुवा–गिट्टीको डिपो
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
नेपाल भारतसँग २३ रनले पराजित
नेपाल भारतसँग २३ रनले पराजित
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त