दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो

सारांश

  •    विद्युतीय अपराध ऐन विपरीतको कसुरमा पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सुनुवाइ सकिएको छ ।
  • हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।
  • त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

२ असार, काठमाडौं ।  

विद्युतीय अपराध ऐन विपरीतको कसुरमा पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सुनुवाइ सकिएको छ । हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

त्यसविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सुनुवाइ सकिएको छ । आदेश आउन बाँकी रहेको अदालतका एक अधिकारीले बताए । निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ । समाचारको विषयमा निरुपण गर्न प्रेस काउन्सिलसहितका निकाय भए बदनियतपूर्वक विद्युतीय कसुरमा मुद्दा चलाइएको जिकिर निवेदनमा छ । पक्राउ पूर्जी जारी भएयता प्रहरीले पाठकको खोजीलाई व्यापक बनाएको छ । यद्यपि, उनी सम्पर्कविहीन छन् । पक्राउ पूर्जीविरुद्ध सम्पादकहरुले समेत विरोध जनाउँदै शनिबार विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
नेपाल टेलिकमले ३४ विमानस्थलहरूमा नि:शुल्क इन्टरनेट सेवा दिने
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने
राष्ट्रिय सभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने