डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल

सारांश

  • लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् ।
  • मंगलबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताएका हुन् ।
  • कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ ।

२४ मंसिर, काठमाडौं ।

लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् । मंगलबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरी थकाई मार्दै सुरक्षित स्थानमा बसी सामाजिक सञ्जाल हेर्नुहुन्छ अनी एकाएक शरिर काँप्न थाल्छ, मुटु फुट्ला जस्तो हुन्छ । घरमा सबैबाट सुुरक्षित रहेर पनि तपाई आफूले आफूलाई यति धेरै असुरक्षित महसुस गर्नुहुन्छ कि त्यो संसार तपाईका लागि सुरक्षित लाग्दैन ।’ उनका अनुसार यस्तो अवस्थाले महिला, किशोरी, परिवारका सदस्य तथा डिजिटल प्लेटफर्म प्रयोग गर्ने जो–कोहीलाई प्रभावित पार्दै गएको छ। ‘तपाईं भनेको मेरी आमा, मेरी श्रीमती, दिदीबहिनी वा साथी जो–कोही हुन सक्नुहुन्छ। म डिजिटल हिंसाको कुरा गरिरहेको छु,’ उनले थपे।

उनले डिजिटल हिंसाका कारण मानिसहरूमा मानसिक तनाव बढ्दै गएको, आत्महत्याका दरमा समेत वृद्धि देखिन थालेको तथा केवल भौतिक सुरक्षा अब पर्याप्त नहुने स्थिति आएको बताए। उनले भने, ‘डिजिटल हिंसाको प्रवृति परिवर्तन भयो । आज आत्महत्याको दर बढिरहेको छ । आज मान्छे किन असुरक्षित महसुस गरिरहेको छ भन्दा उसलाई भौतिक सुरक्षाले मात्र सुरक्षा दिने रहेनछ । त्यसैले हामीले डिजिटल हिंसाको बहस सुरु गर्नुपर्यो।’ सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको सदुपयोग, दुरुपयोग र व्यवस्थापनका पक्षबारे व्यवस्थित शिक्षा आवश्यक रहेको धारणा उनले राखे। ‘अब सामाजिक सञ्जाल चलाउन मात्र जानेर हुँदैन; यसको उपयोग, सदुपयोग कसरी गर्ने र व्यक्तिगत सुरक्षाका उपायहरू के–के हुन्, यसको व्यवस्थापन कसरी गर्ने भन्ने पनि जान्नुपर्छ,’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ
गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
झलनाथ पत्नी रविलक्ष्मी बोल्नसक्ने अवस्थामा, बर्निङ अस्पतालमा उपचार हुँदै
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
आज संघीय संसदका दुई समितिको बैठक बस्दै
आज संघीय संसदका दुई समितिको बैठक बस्दै
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
बांगलादेशविरुद्ध साधुसन्तसहित हिन्दू समुदायको जनकपुरधाममा प्रदर्शन
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?