आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २८, २०८१
|
|
२९ पटक हेरिएको
Shares
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सारांश

  • सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ ।
  •  सङ्घीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
  • बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ ।

२८ भदौ , काठमाडौँ । सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ ।Worldlink ads सङ्घीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ ।  त्यस्तै, बिहान साढे ११ बजे बस्ने गरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोलाइएको छ ।बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिनेछ । त्यस्तै समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ ।विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ बजे बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
वीरगञ्ज घटनाको विरोधमा जनकपुरमा जलाइयो गृहमन्त्रीको पुत्ला
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल
एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पहिले बलिङ गर्दै नेपाल
एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा पहिले बलिङ गर्दै नेपाल
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
खोलानदीको मापदण्ड खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप