जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्छौं : गृहमन्त्री अर्याल

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन्।
  • सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन्।
  • उनले भने,’जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्।

३० भदौ, काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन्।

उनले भने,’जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ।’ गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए। उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गएको बताए। आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।

यही भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौंजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको छ।  संसद भवन,सिंहदरबार,राष्ट्रपति भवन,सर्वोच्च अदालत,व्यापारी भवनलगायत आगजनीबाट ध्वस्त भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
बालबालिकालाई विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गरिने
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने