महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
२६ पटक हेरिएको
Shares
महानवमी : आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

सारांश

  • आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
  • प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
  • मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ ।

१५ असोज, काठमाडौं ।

आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् ।

सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो
जेनजी आन्दोलनका घाइतेलाई भेट्दै सञ्चारमन्त्रीले भने- तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृ*त्यु
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
वायु प्रदूषणमा दिल्लीलाई पछ्याउँदै काठमाडौं
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
संसदमा प्ले कार्डसहित श्रम संस्कृति पार्टीको विरोध
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन