नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
३२० पटक हेरिएको
Shares
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा

सारांश

  • श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकलाई ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ।
  • श्रीलङ्काको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचनाअनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो।
  • काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार, नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलङ्का जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन।

१३ जेठ, काठमाडौं ।

श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकलाई ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। श्रीलङ्काको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचनाअनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो। काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार, नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलङ्का जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन। यद्यपि, यात्रा गर्नुअघि अनलाइनमार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) भने अनिवार्य रूपमा प्राप्त गरेको हुनुपर्नेछ।

दूतावासका अनुसार, भिसा नि:शुल्क भए तापनि श्रीलङ्का जानुअघि सबैले ईटीए प्रणालीमार्फत आवेदन दिएर स्वीकृति लिनु अनिवार्य छ। यो सुविधाअन्तर्गत पर्यटकले पहिलो पटक श्रीलङ्का प्रवेश गरेको मितिदेखि ३० दिनको अवधिभित्र दुई पटकसम्म प्रवेश गर्न पाउनेछन्। साधारण, कूटनीतिक र सरकारी सबै प्रकारका राहदानी बोक्ने नागरिकहरू यो नि:शुल्क ईटीए सुविधाका लागि योग्य हुनेछन्। नि:शुल्क भिसामा गएर ३० दिनभन्दा बढी श्रीलङ्कामा बस्न चाहने पर्यटकले तोकिएको भिसा शुल्क तिरेर आफ्नो भिसाको म्याद थप गर्न सक्नेछन्। नियम लागू हुनुअघि (मे २५, २०२६ भन्दा अगाडि) ईटीए शुल्क बुझाइसकेका आवेदकहरूको हकमा भने उक्त रकम फिर्ता नहुने दूतावासको बेवसाइटमा उल्लेख छ । नेपालका साथै भारत, अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, चीन, मलेसिया लगायतका देशहरू पनि यो ४० देशको सूचीमा समावेश छन्। यसका साथै माल्दिभ्सका नागरिकले भने पारस्परिक सम्झौताअनुसार ९० दिनको नि:शुल्क पर्यटक भिसा प्राप्त गर्नेछन्। काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, अनलाइनबाहेक दूतावासमै सम्पर्क गरेर पनि यो सुविधा लिन सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
एनपीएल च्याम्पियन जनकपुरको ४ दिने ‘ट्रफी परेड’
एनपीएल च्याम्पियन जनकपुरको ४ दिने ‘ट्रफी परेड’
गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु
गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
लिग २ मा नेपालले आज क्यानडासँग खेल्दै
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता