समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
१९ पटक हेरिएको
Shares
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
  • अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्।
  • सन्देशमा प्रधानमन्त्रीले अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी छन्।

१७ मंसिर, काठमाडौं।

प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपांगता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन्। सन्देशमा प्रधानमन्त्रीले अपांगता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताएकी छन्।

अपांगता भएका व्यक्तिको आर्थिक-सामाजिक अवस्था एवं अपांगताको गाम्भीर्यका आधारमा अपांगता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई अपांगता भएका सबैलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको प्रधानमन्त्रीले सन्देशमा स्पष्ट गरिन्। अपांगता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्चारमा रहेका अवरोध, कानुनीलगायत अन्य सबै अवरोधहरू हटाई सबै प्रकारका अपांगता भएका व्यक्तिका लागि सहज, पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना गर्नु आजको आवश्यकता भएको सन्देशमा उनले उल्लेख गरेकी छन्।

अपांगता भएका व्यक्तिको स्वावलम्बी र आत्मनिर्भर जीवनका लागि अपांगता रोकथाम तथा पुनःस्थापनालगायत रोजगार तथा स्वरोजगारका कार्यक्रममा तीनवटै तहका सरकारको संयुक्त प्रयासले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेकी छन्। नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपांगता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका उनले बताएकी छन्। आजको यस दिवसले अपांगता भएका व्यक्तिको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सम्बन्धित सबै सरोकार भएकाहरूलाई अपांगता भएका व्यक्ति एवं तिनका अभिभावकको हक, हित, अधिकार, संरक्षण र सुविधाको क्षेत्रमा अझ धेरै कार्य गर्ने प्रेरणा र ऊर्जा मिलोस् भन्ने कामना गरेकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
सुनको मूल्य तोलामा एक हजार एक सयले घट्यो
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
६० वर्ष पुगे शाहरुख खान, फ्यानहरूले मनाए उत्सव
६० वर्ष पुगे शाहरुख खान, फ्यानहरूले मनाए उत्सव
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
अज्ञात समूहद्वारा रुपन्देहीमा गोली हानी एक युवकको हत्या
अज्ञात समूहद्वारा रुपन्देहीमा गोली हानी एक युवकको हत्या