भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २७, २०८१
|
|
५३ पटक हेरिएको
Shares
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या

सारांश

  • मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले उनीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए ।
  • मुम्बई प्रहरीले अहिलेसम्म गोली हान्ने समूहको पहिचान नभएको र खोजी जारी रहेको जनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
  • प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

 

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या भएको छ। मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले उनीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए ।

मुम्बई प्रहरीले अहिलेसम्म गोली हान्ने समूहको पहिचान नभएको र खोजी जारी रहेको जनाएको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। छोरा जीशान सिद्दिकीको कार्यालय बाहिर निर्मल नगरको कोलगेट मैदान नजिकै उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए। करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए। गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पताल लगिएको थियो तर चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?