दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
४१ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक

सारांश

  •  गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् ।
  • शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, ‘दुर्गा प्रसाईंको खोजी जारी छ ।
  • उहाँ चाँढै पक्राउ पर्नु हुन्छ ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले फरार रहेका दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्ने बताएका छन् । शुक्रबार राजावादीले गरेको ओन्दोलनको घटनास्थलमा अनुगमनपछि मन्त्री लेखकले भने, ‘दुर्गा प्रसाईंको खोजी जारी छ । उहाँ चाँढै पक्राउ पर्नु हुन्छ ।’

अनुसन्धान र छानबिनले के देखाउँछ त्यहीअनुसार कारबाही हुने उनले बताए । ‘यदि, यो देशमा लोकतन्त्र रहेन भने यसैगरी आक्रमण हुन्छ’, लेखकले भने । मन्त्री लेखकले शुक्रबार भएको घटनाबारे गम्भीरतापूर्वक छानबिन हुने बताए । प्रहरीले अहिलेसम्म दुर्गा प्रसाईंका गुरु पुष्कर खतिवडा, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा, स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।

सञ्चार गृहलगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि पनि कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । उनले भने, ‘तपाईहरुलाई दुःख र पीडा भयो यो एकदमै अपराधिक काम हो । यो कुनै राजनीतिक कुरा होइन, राजनीतिक दर्शन, चेतनाको कुरा होइन, नितान्त अपराधिक काम हो । यसको लागि सरकारले आवश्यक कारबाही गर्छ र सञ्चार गृह लगायत सम्पूर्ण नागरिकको जीवन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौँ ।’ यस्तै, उनले सञ्चार एउटा महत्वपूर्ण अंग भएको हुँदा यसलाई ध्वस्त गर्ने कोशिस लोकतन्त्रकै विरुद्धको गतिविधि भएको भन्दै यसलाई गम्भिरता पूर्वक लिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
भूमि सम्बन्धी विधेयक फिर्ता लिन नेकपा (एकीकृत समाजवादी) को माग
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
गण्डकीमा डेङ्गु सङ्क्रमणबाट आठ जनाको मृत्यु
ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
करारका कर्मचारी व्यवस्थापनमा सरकारको ७ बुँदे निर्णय
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही
सन्दीप लामिछानेलाई क्यानले गर्‍यो कारबाही
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै
मधेश प्रदेश मा आज चौठचन्द्र पर्व मनाइँदै