विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं

सारांश

  • इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट आज बिहान काठमाडौं आइपुगेका छन् ।
  • उनीहरु केहीबेर अघि कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।
  • हमासको कब्जामा रहेका विपिनको विपिनको अवस्था पत्ता लगाउन र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आमा पद्मा र बहिनी पुष्पा सुरुमा इजरायल र त्यसपछि अमेरिका गएका थिए ।

३० असोज, काठमाडौं ।

इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट आज बिहान काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेर अघि कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका हुन् । हमासको कब्जामा रहेका विपिनको विपिनको अवस्था पत्ता लगाउन र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न आमा पद्मा र बहिनी पुष्पा सुरुमा इजरायल र त्यसपछि अमेरिका गएका थिए ।

उनीहरु अमेरिकामा रहेकै बेला हमासले विपिनको युद्धमा मृत्यु भएको भन्दै इजरायललाई शव हस्तान्तरण गरेको थियो । हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढेको छ । विपिनकी आमा र बहिनीलाई अमेरिका/इजरायल र नेपाल आउ–जाउको प्रबन्ध इजरायल सरकारले नै मिलाइदिएको थियो । इजरायलको लर्न र एण्ड अर्न कार्यक्रमको सिलसिलामा गाजा क्षेत्रको सिमा नजिकैको किबुत्ज सहरमा गएका १७ नेपाली विद्यार्थीहरु दुई वर्षअघि हमासको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भए पनि विपिनलाई हमासले बन्धक बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?