Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
४५ पटक हेरिएको
Shares
राजमार्गमा अलपत्र यात्रुलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन

सारांश

  • सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ ।
  • जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिइएको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टले जानकारी दिए ।
  • ‘आवश्यक पर्ने सबै खाद्यान्न व्यवस्थाका लागि सीडीओमार्फत स्थानीय प्रशासनमार्फत जानकारी गराउने निर्णय भएको छ ।

१८ असोज, काठमाडौं ।

सरकारले विभिन्न राजमार्गमा परेको अविरल वर्षा र पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन दिइएको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका निर्देशक दिनेश प्रसाद भट्टले जानकारी दिए ।

‘आवश्यक पर्ने सबै खाद्यान्न व्यवस्थाका लागि सीडीओमार्फत स्थानीय प्रशासनमार्फत जानकारी गराउने निर्णय भएको छ । केहीबेरमा सूचना पठाउँछौं,’ उनले भने । अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ