अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
५२ पटक हेरिएको
Shares
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध

सारांश

  • प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।
  • अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् ।
  • प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजनामा मागे ।

१३ भदौ, जनकपुरधाम ।

प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् ।प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद कनिष पटेलले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजनामा मागे । अर्थमन्त्रीको राजीनामा नआएसम्म सदन अवरोध जारी रहने उनले बताए ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीलाई प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा सदन अवरुद्ध गरेर रगरा गरेको आक्रोश पोखे । यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित गरे । प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्ने गरेका छन् ।

मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को त्रुटिपूर्ण र बिचौलिया हावी भएको  बजेट प्रतिपक्षी दलहरूको बहिष्कारबीच बहुमतले पास गरेको भन्दै प्रतिपक्षी दलहरू असन्तुष्ट छन् । यसमा सभामुख रामचन्द्र मण्डलले तटस्थता नअपनाएको प्रतिपक्षी दलहरूको आरोप छ ।

मधेश प्रदेश सभाको छैठो अधिवेशनको पहिलो बैठक बिहीबार पनि प्रतिपक्षी दलहरूले अवरुद्ध  गरेको थियो । प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी राप्रपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले सदन चल्न नदिने रणनीति लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
चन्द्रागिरिको प्लास्टिक कारखानामा आगलागी
चन्द्रागिरिको प्लास्टिक कारखानामा आगलागी
गभर्नर नियुक्तिमा चलखेल भइरहेको आशंका छ : कोइराला
गभर्नर नियुक्तिमा चलखेल भइरहेको आशंका छ : कोइराला
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?