कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
७७ पटक हेरिएको
Shares
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार

सारांश

  • ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् ।
  • चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ ।
  • कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

२ असोज, गण्डकी ।

‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् । चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ । प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए। उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए ।

टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको उनको भनाइ छ । त्यसअघि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार फर्कन आह्वान गरेको थियो ।  ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा कास्कीसहित तनहुँ, पवर्त र म्याग्दी कारागारबाट कैदीबन्दी भागेका थिए । कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरूलाई फर्काउने योजना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
झन्डै ४० घण्टापछि बल्ल नियन्त्रणमा आयो प्लाइ उद्योगको आगो
प्रधानमन्त्री ओलीले १८ गते संसद्‌मा जवाफ दिने
प्रधानमन्त्री ओलीले १८ गते संसद्‌मा जवाफ दिने
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
आज यी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का
रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का