Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
८५ पटक हेरिएको
Shares
कास्की कारागारबाट भागेका ३४८ कैदीबन्दी फर्किए, ४२५ जना अझै फरार

सारांश

  • ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् ।
  • चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ ।
  • कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

२ असोज, गण्डकी ।

‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय, कास्कीबाट भागेका सात सय ७३ कैदीबन्दीमध्ये बुधबारसम्ममा तीन सय ४८ जना कारागार फर्किएका छन् । चार सय २५ जना कैदीबन्दी अझै फरार रहेको कारागार कार्यालयले जनाएको छ । कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ । प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए । जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए। उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए । कारागार कार्यालयका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए ।

टोलछिमेक र समुदायमा कसैले भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोध गरिएको उनको भनाइ छ । त्यसअघि कारागार व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालयले भागेका कैदीबन्दीलाई काराबार फर्कन आह्वान गरेको थियो ।  ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा कास्कीसहित तनहुँ, पवर्त र म्याग्दी कारागारबाट कैदीबन्दी भागेका थिए । कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी आफै कारागार नफर्किएमा विशेष सुरक्षा अपरेशन सञ्चालन गरेर उनीहरूलाई फर्काउने योजना बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालयले माग्यो झण्डै ३०० उपप्राध्यापक
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
भृकुटीमण्डप र शान्तिवाटिका क्षेत्रको सवारी डाइभर्ट, झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षाको सम्भावना
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद
एमालेले मंसिर ७ गते किन गर्दैछ काठमाडौँमा जनजागरण सभा?
एमालेले मंसिर ७ गते किन गर्दैछ काठमाडौँमा जनजागरण सभा?