तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
तुलसी सहकारी ठगीमा केदारनाथ शर्मालाई ६ वर्ष कैद

सारांश

  • जिल्ला अदालत मोरङले तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दामा सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद निर्धारण गरेको छ ।
  • आइतबार जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष शर्मासहित सहकारीकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई सहकारी ठगी मुद्दामा दोषी ठहर गरेको थियो ।
  • जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहीबार अध्यक्ष शर्मालाई ६ वर्ष कैद निर्धारण भएको हो ।

२२ जेठ, विराटनगर ।

जिल्ला अदालत मोरङले तुलसी बहुमुखी सहकारी संस्थाको रकम अपचलनसँग सम्बन्धित मुद्दामा सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद निर्धारण गरेको छ । आइतबार जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले अध्यक्ष शर्मासहित सहकारीकी सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई सहकारी ठगी मुद्दामा दोषी ठहर गरेको थियो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहीबार अध्यक्ष शर्मालाई ६ वर्ष कैद निर्धारण भएको हो । सहकारी सचिव तथा शर्माकी पूर्वपत्नी सविना न्यौपानेलाई २ वर्ष २ महिना कैदको फैसला भएको छ । प्रबन्धक खवासलाई पनि २ वर्ष २ महिना नै कैद सजाय निर्धारण भएको छ । सूचना अधिकारी बुढाथोकीका अनुसार ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो फैसला भएको छ । शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ नै बुझाउनु पर्ने फैसला भएको छ । शर्माले २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न पनि फैसला भएको छ । खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिवाना निर्धारण भएको छ ।

उनले पीडित राहत कोषमा १ लाख ८ हजार जम्मा गर्नुपर्नेछ । सचिव न्यौपानेको हकमा भने बिगो र जरिवाना तोकिएको छैन । पीडित राहत कोषमा ६०० रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ । सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो । आइतबार अदालतले तीन जनालाई दोषी ठहर गर्दा सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई सफाइ दिएको थियो । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखेको थियो ।

अध्यक्ष शर्मा, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवास मुद्दाको पुर्पक्षका लागि थुनामा थिए । अदालतले सजाय निर्धारण गरे अनुसारको अवधि कैदमा बसेका कारण सचिव न्यौपाने र खवास भने अब छुट्न पाउनेछन् । विराटनगरमा मुख्य कार्यालय रहेको सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत संकलन गरी अपचलन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद सापकोटा
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
राप्रपाको निष्कर्ष- सरकारले डराएर निषेधित क्षेत्र तोक्यो, एमालेको प्रदर्शन गणतन्त्र कमजोर भएको प्रमाण
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
सभापति लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता, समसामयिक विषयमा कुराकानी
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
​​​​​​​उर्जामन्त्रीको दाबी- सरकारले बक्यौता रकम नउठाए हुन्छ भनेकै छैन
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि
रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ
रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
सरकारले नागरिकका माग बेवास्ता भए सशक्त आन्दोलन : कांग्रेस सभापति थापा
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप