विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
४७ पटक हेरिएको
Shares
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

सारांश

  •   मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  •   प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग.
  • २ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

१ पुस, काठमाडौं । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ जाँदै गरेको ग. २ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाँउ बस्ने २२ वर्षीय बादल बादीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।तयसैगरी महोत्तरीको गौशाला नगरपालिका-८ खाल्टे बजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोनमा गाउँपालिका-३ बस्ने २० वर्षीय हरेन्द्र बैठा र २१ वर्षीय अर्जुन बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको वीआर ३० डब्लु १३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान
एमाले धनुषा अधिवेशनमा विवाद, दुई गुटबीच कुर्सी हानाहान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मध्यपूर्व संकटका बीच होर्मुज स्ट्रेट पार गर्दै तेल र ग्याँस बोकेका जहाज भारत आउँदै
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी