परिसूचक सामान्य अंकले घट्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
परिसूचक सामान्य अंकले घट्यो नेप्से

सारांश

  • आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ।
  • आजको कारोबारमा तीन सय १४ कम्पनीको ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर ४९ हजार चार सय २१ पटक खरिदबिक्री भएको छ।
  • पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ।

३ पुस, काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। आज पुँजीबजार परिसूचक पाँच दशमलव ६० अङ्कले घटेर दुई हजार छ सय २८ दशमलव २६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा तीन सय १४ कम्पनीको ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर ४९ हजार चार सय २१ पटक खरिदबिक्री भएको छ। पछिल्ला दिनहरूमा नेप्सेमा कारोबार रकम निरन्तर घटिरहेको छ। आज पनि कारोबार रकम रू चार अर्ब २७ करोड ८२ हजार मा खुम्चिएको छ। वित्त समूह एक दशमलव शून्य सात, लघुवित्त समूह शून्य दशमलव शून्य नौ र व्यापार समूह शून्य दशमलव ५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ३६, विकास बैंक शून्य दशमलव १६, होटल तथा पर्यटन शून्य दशमलव ४२,

जलविद्युत् शून्य दशमलव ३६, लगानी शून्य दशमलव ३२ र जीवन बिमा समूह शून्य दशमलव ३३ प्रतिशतले घटेको छ।  उत्पादन तथा प्रशोधन शून्य दशमलव ३२, म्युचुअल फण्ड शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ३७ अङ्कले घटेको छ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९० प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
केपी ओली विनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा
माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
माओवादी केन्द्रका सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
मधेशका बिमल साह: हार्मोनियमको क्षेत्रमा विश्व कीर्तिमानी र नेपालकै पहिलो डिजिटल ट्युनिङ्ग विशेषज्ञ
५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट
५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
चितवनमा २४ घन्टामा ६ ठाउँमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस