रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा राति सवारी चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २९, २०८३
|
|
१९१ पटक हेरिएको
Shares
रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा राति सवारी चलाउन रोक

सारांश

  • लगातारको वर्षासँगै मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि रुकुमपूर्वमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
  • जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सूचना जारी गर्दै शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ९ बजेसम्म मध्यपहाडी लोकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने जनाएको हो।
  • प्रशासनका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत काँडाबगर, धौलापहिरालगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।

२९ साउन, रुकुमपूर्व ।

लगातारको वर्षासँगै मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि रुकुमपूर्वमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले सूचना जारी गर्दै शुक्रबार राति ९ बजेदेखि शनिबार बिहान ९ बजेसम्म मध्यपहाडी लोकमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने जनाएको हो। प्रशासनका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत काँडाबगर, धौलापहिरालगायतका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। वर्षा अझै केही दिन जारी रहने पूर्वानुमान रहेकाले थप पहिरो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ।

सम्भावित दुर्घटना तथा मानवीय क्षति रोक्न जिल्ला सुरक्षा समितिको बैठकले रातिको समयमा राजमार्गमा सवारी आवागमन रोक्ने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमका अनुसार लगातारको वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा जोखिम बढेको छ। यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा आवागमनमा रोक लगाइएको उनले बताए। यसअघि पनि वर्षाका कारण भूमे गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको थियो। सुरक्षाकर्मी, स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि लगातार पानी परिरहेकाले सडक माथिको जमिन कमजोर बनेको प्रशासनले जनाएको छ।

विशेषगरी रातिको समयमा पहिरो तथा ढुंगा खसेको तत्काल पहिचान गर्न कठिन हुने भएकाले सवारी साधन र यात्रुको जोखिम बढ्ने प्रशासनको भनाइ छ। प्रशासनले वर्षाको समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने भए मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ। मध्यपहाडी लोकमार्ग रुकुमपूर्व हुँदै पहाडी तथा हिमाली क्षेत्रका विभिन्न बस्ती जोड्ने प्रमुख सडक हो। वर्षायाममा यस सडकमा पहिरो खस्दा पटक–पटक यातायात प्रभावित हुँदै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
नेपाल महिला टी–२० विश्वकप एसिया छनोटको सुपर–३ मा प्रवेश
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयमा सहसचिवहरूको जिम्मेवारी हेरफेर
शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, प्रधानमन्त्री पनि सहभागी
शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, प्रधानमन्त्री पनि सहभागी
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने
सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त