कालीमाटी सडकमा एक पुरुषको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
कालीमाटी सडकमा एक पुरुषको शव फेला

सारांश

  • कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो ।
  • लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
  • अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो ।

 

९ फागुन, काठमाडौं । कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो । लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो । तर, वरिपरि सवारीसाधन केही थिएन ।

सवारीसाधनले ठक्कर दिएर भागेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा एक रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले अनुसन्धान अघि बढाउने क्रममा मृत व्यक्ति ५५ वर्षीय सोनु गुरुङ रहेको पत्ता लगायो । थप अनुसन्धानको क्रममा सोनुलाई किचेर फरार भएका चालकलाई समेत पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

पक्राउ पर्नेमा मकवानपुर घर भई नागार्जुन नगरपालिका–१० स्युचारटार बस्ने उमेश स्याङ्तान छन् । पक्राउ परेका स्याङ्तानसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको पाइएको एसपी आचार्यले बताए । उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?