वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
वुमन्स डे कपमा नेपालले युगाण्डासँग खेल्दै,

सारांश

  • युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज पाँचौं दिनका खेलहरू हुँदैछन् ।
  • जसअन्तर्गत दुई खेल हुँदैछन् ।
  • आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ ।

२९ फागुन, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज पाँचौं दिनका खेलहरू हुँदैछन् । जसअन्तर्गत दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ । दोस्रो खेलमा घरेलु टोली युगाण्डा र नेपाल खेल्ने छन् । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ । हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहनेछ । शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना कायमै राख्न नेपाललाई जितको विकल्प हुनेछैन ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा नामिबिया र चौथो खेलमा हङकङसँग पराजित भएको थियो । आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ । शीर्ष २ मा पर्न नसक्ने टोलीहरू तेस्रो स्थानका लागि खेल्ने छन् । नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छः मन्त्री अधिकारी
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
सिंहदरबारमा बोतल र जारको पानी बन्द हुन्छ : मन्त्री यादव
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर
रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर
बाघको आक्रमणबाट एक जनाको मृत्यु
बाघको आक्रमणबाट एक जनाको मृत्यु
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव