एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’

सारांश

  •   राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।
  • शुक्रबार साँझ बोर्ड बैठकपछि परीक्षाफल सार्वजनिक भएको हो।
  • गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

१३ असार, काठमाडौं । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। शुक्रबार साँझ बोर्ड बैठकपछि परीक्षाफल सार्वजनिक भएको हो। गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।

यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन्। यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो।  हामीले यहाँ ग्रेडमा समावेश विद्यार्थीहरूको प्रदेशगत विवरण पेस गरेका छौँ। कुन प्रदेशका कति विद्यार्थी ग्रेडमा समावेश?  कोसी- ४७ हजार ८३५  मधेस- ५९७४९
बागमती- ११९५१७गण्डकी-  ४७८४९ लुम्बिनी- ५७६८७ सुदुरपश्चिम- ५९८०४ कर्णाली प्रदेश- ४६४५५

कति विद्यार्थीको कति जीपीए?
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
परीक्षा रद्द भएका १२६
अवर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७

ग्रेडमा २ लाख ७१ हजार २९९ जना परेका छन्।  यस वर्ष सबैभन्दा धेरै गणित विषयमा विद्यार्थी ननग्रेडमा परेका छन्।  १ लाख २८ हजार २१५ जना विद्यार्थी ननग्रेडमा परेका हुन्। त्यस्तै अंग्रेजीमा ८० हजार ६७२ र नेपालीमा ५४ हजार ७३५ जना पनि ननग्रेडमा छन्। जम्मा ननग्रेडमा पर्ने विद्यार्थीको संख्या १ लाख ६७ हजार ५९७ जना छन्। परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट  एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, टेलिफोन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सक्नेछन्। विद्यार्थीले साँझ ९ बजेपछि मात्रै सिस्टमबाट नतिजा थाहा पाउन सक्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु
मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु
धरहराबाट एनपीएलको ट्रफी अनावरण
धरहराबाट एनपीएलको ट्रफी अनावरण
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
ललितपुरमा स्कुटर दुर्घटना गराएर ११ लाख बराबरको सिक्री लुट्ने एक जना पक्राउ
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
आजदेखि मौद्रिक नीति कार्यान्वयनमा, के—के व्यवस्था लागू भए ?
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
नेपालको शानदार बलिङ, युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य
नेपालको शानदार बलिङ, युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल