सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित

सारांश

  • स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति सुदूरपश्चिम प्रदेशले आज देखी सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेका छन् ।
  • सुदूरपश्चिम प्रदेशले हालै जारी गरेको स्थानीय तह ९ गठन तथा सञ्चालन ऐन २०८१ मा भएका कतिपय प्रावधानको बिरोधमा स्वास्थ्यकर्मीहरुले बन्दको आव्हान गरेका हुन् ।
  • सो ऐनको दफा ९ को उपदफा ४ मा राखिएको समायोजन ऐन २०७५ बमोजिम संघीय सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीहरुको सेवा अवधी यस ऐन प्रारम्भ हुँदाका बखत ५ वर्ष सेवा अवधी पुरा भएको भए एक पटकका लागि एक तह बृद्धि गरिनेछ भन्ने प्रावधान राखिएको छ ।

४ साउन, काठमाडौं ।

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समिति सुदूरपश्चिम प्रदेशले आज देखी सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेका छन् । सुदूरपश्चिम प्रदेशले हालै जारी गरेको स्थानीय तह ९ गठन तथा सञ्चालन ऐन २०८१ मा भएका कतिपय प्रावधानको बिरोधमा स्वास्थ्यकर्मीहरुले बन्दको आव्हान गरेका हुन् ।

सो ऐनको दफा ९ को उपदफा ४ मा राखिएको समायोजन ऐन २०७५ बमोजिम संघीय सेवाबाट स्थानीय तहमा समायोजन भएका चौथो पाँचौँ र छैटौँ तहमा कार्यरत कर्मचारीहरुको सेवा अवधी यस ऐन प्रारम्भ हुँदाका बखत ५ वर्ष सेवा अवधी पुरा भएको भए एक पटकका लागि एक तह बृद्धि गरिनेछ भन्ने प्रावधान राखिएको छ । स्वास्थ्यकर्मीहरुले सो प्रावधानको विरोध गरेका हुन् ।

उनीहरुले यस प्रावधानले स्वास्थ्य सेवा ऐन २०५३ को बरखिलाप गई कर्मचारीहरुको सेवा सुविधा बृद्धि विकास रोक्ने भन्दै आफूहरु विरोधमा उत्रिन परेको संघर्ष समिति संयोजक राजेन्द्रसिंह साउदद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा नयाँ ऐनमा एक पटक स्तरबृद्धि गराए र अन्य कर्मचारीहरुको स्तर बृद्धि हुने काममा बाधा बन्द भएको महसुस गरेको छौँ भन्दै प्रमुख सरोकारवाला पक्षसंग छलफल परामर्स नगरी ल्याइएको ऐनले आफूहरुलाई विभेद गरिएको महसुस भएको समेत उल्लेख छ । उनीहरुले असार महिनाको मासिक रिर्पोट पनि डीएचआईएसमा प्रविष्टि नगर्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन सकेन : बाबुराम भट्टराई
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य नियुक्त
एमाले सचिवालय बैठक जारी
एमाले सचिवालय बैठक जारी
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
निजामती सेवा ऐन अविलम्ब जारी गरियोस् : लोकसेवा आयोग
सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सिन्धुलीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु