कांग्रेस कार्यालयमा शिक्षकहरूको धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेस कार्यालयमा शिक्षकहरूको धर्ना

सारांश

  • नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
  • मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् ।
  • उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

 

२७ फागुन, काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरूले नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

राजनीतिक दलहरूका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलबार कांग्रेस कार्यालयमा धर्ना दिएका हुन् । उनीहरूले शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्‍याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ