सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २१, २०८०
|
|
२३ पटक हेरिएको
Shares
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी

सारांश

  • सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् ।
  • उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन्।
  • बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ।

काठमाडौं।

सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् ।उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन्। बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ।

लगानीकर्ताहरुको आन्दोलन चर्किंदै जाँदा आज नियमित दिनहरुमा जस्तो सजिलैसँग सेयर कारोबार हुन कठिन हुने देखिएको छ। विद्यमान पुँजीगत लाभकर (५% र ७.५%) नै अन्तिम कायम गर्नुपर्ने भन्दै लगानीकर्ताहरु सडकम उत्रिएका हुन्।

https://press4k.com/

सरकारले बजेटमार्फत र त्यसपछि आन्तरिक राजस्व विभागले पनि पुँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा दुविधा उत्पन्न हुने गरी सूचनाहरु जारी गरेपछि लगानीकर्ता रुष्ट भएका छन्। आन्दोलनमा उत्रिएका लगानीकर्ता तिलक कोइरालाले भ्याली बाहिरका जिल्लाहरुमा पनि तालाबन्दी गरिने बताए।

https://press4k.com/

उनले भने,‘अहिले बिहान हामी अर्थमन्त्री प्रकाशशरण महतको घरमा गएका थियौं तर त्यहाँ प्रहरीले रोक्यो। त्यसपछि हामी आएर ब्रोकरको कार्यालय तालाबन्दीमा सक्रिय भएका छौँ । हामीले क्षेत्र–क्षेत्र तोकेर टोली नेताहरु खटाएर छौँ।’

https://press4k.com/

लगानीकर्ता रोहन कार्कीले पनि सबै लगानीकर्तालाई आफ्नो नजिकको ब्रोकर कार्यालयमा गएर लाताबन्दी कार्यक्रम सफल पार्न अनुरोध गरेका छन्। उनले कुनै ब्रोकरलाई नखोल्न अनुरोध समेत गरेका हुन्। यदि ताला खोलिएमा त्यसपछि आउने परिस्थितिको जिम्मेवार स्वयम हुने उनले बताए। पुँजीगत लाभकरलाई नै अन्तिम कर नमानेसम्म आफूहरुको आन्दोलन नरोकिने पनि लगानीकर्ताले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?