कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी

सारांश

  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पु¥याएको र केही दिनभित्रै पास हुने बताउनुभएको छ ।
  • मंगलवार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • कार्बन सम्बन्धी नियमावली बनेपछि कार्बन व्यापारमा सहजता हुने उल्लेख गर्नुभाये ।

६ साउन, काठमाडौं ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पु¥याएको र केही दिनभित्रै पास हुने बताउनुभएको छ ।मंगलवार नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्बन सम्बन्धी नियमावली बनेपछि कार्बन व्यापारमा सहजता हुने उल्लेख गर्नुभाये । उहाँले जलवायु परिवर्तनको असर विश्वभर नै ठूलो चुनौति बनेको बताउनु भयो ।

यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको बताउनु भयो । परिणमतः केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको बताउनु भयो । जलवायु परिवर्तनको जोखिम दिन प्रतिदिन बढिरहेको बताउनु भयो ।  मन्त्री ठकुरीले भन्नुभयो, ‘अहिलेको परिवेशमा जलवायु परिवर्तनले विश्वमा ठूलो चुनौति थपिएको छ । यसका असरहरु विशेष गरी नेपाल जस्तो अल्पविकसित र संवेदनशील भूबनावट भएको देशहरुमा बढी देखिन थालेको छ ।

यसै असर स्वरुप हामीले केही दिनअघि रसुवा, केही समयअघि हुम्लाको तिलागाउँ र मुस्ताङमा हिमताल विष्फोट भइ ठूलो क्षति व्यहोर्नुपरेको छ । तराई मधेसमा सुख्खा खडेरी छ । पानीको हाहाकार छ । यो सबै जलवायु परिवर्तनको परिणाम हो । यो अवस्था दिन प्रतिदिन बढ्दै जानेछ । वन तथा वातावरण मन्त्रालयले पहल र प्रयास गरिरहेको छ । एनडिसी ३ भर्खरै हामीले सार्वजनिक गरेका छौँ, यो अहिले युएनएफसीसीसीमा पेश गरिसकेका छौँ । कार्बन व्यापार सम्बन्धी नियमावली अन्तिम चरणमा पु¥याएका छौँ । केही दिनभित्रै यो पास हुनेछ र यसले कार्बन व्यापारमा सहजता ल्याउनेछ ।’ मन्त्री ठकुरीले मधेसमा पानीको हाहाकार हुनु पनि जलवायु परिवर्तनकै असर रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
प्रधानमन्त्री उद्धार कोषलाई सत्संग नेपालद्वारा १० लाख सहयोग
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा