Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १२, २०८१
|
|
५२ पटक हेरिएको
Shares
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो

सारांश

  •   भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ ।
  • परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ ।
  • दुर्घटनामा परी आफन्त गुमाएका परिवारजनप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

१२ माघ, काठमाडौं । 

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका परिवारजनप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् ।  त्यसमा कमला नवीन भण्डारी (वर्ष ४३), लछिराम पासी (वर्ष ४०) छन् । यस्तै अछामका चार जनाको निधन भएको छ ।

हिन्दुराम विश्वकर्मा (वर्ष ११), नन्दराम पद्य विश्वकर्मा (४४ वर्ष), मैसारा कामी विश्वकर्मा (४२ वर्ष) र जोक्ला उर्फ कला कामी (६ वर्ष) छन् । त्यस्तै रेल दुर्घटनामा बाँकेका ३२ बर्षीय राधेश्याम राधको निधन भएको छ । दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ ।

मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवम् सहजीकरण गरिरहेको जनाइएको छ । माघ ९ गते साँझ करिब पाँच बजेर पाँच मिनेटमा भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा
आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै
आईपीएल : आज राजस्थान र कोलकाता भिड्दै
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ६ जनालाई एआइजीमा बढुवा गर्न सिफारिस
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
ठमेलस्थित एक घरमा आगलागी, ६५ लाखको क्षति
सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस