निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २९, २०८२
|
|
५२ पटक हेरिएको
Shares
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन्।
  • दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार मन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे।
  • “फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ”, सञ्चार मन्त्री खरेलले भने, “भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ।

२९ कात्तिक, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार मन्त्री खरेलसँग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे।

“फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ”, सञ्चार मन्त्री खरेलले भने, “भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ। नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ। कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन्। केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन्।” सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे। मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए। उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे।

विदेशमा रहेका नेपालीको नेपाल बनोस्, शान्ति, स्थिरता र सुशासन प्रवर्द्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे। उनले भने, “तपाईँहरूमा देश बनोस् भन्ने भावना छ। यो सरकारलाई नराम्रो गलत गर्ने छुट्टै छैन, व्यवहारिक रूपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवश्य गरिने छैन। पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ।” सञ्चार मन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरूप निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे छलफल गरिने विश्वास दिलाए। उनले अगाडि थपे, “निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ। शासकीयस्वरूप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ। विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँदछु।” मन्त्री खरेलले नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए। महासंघ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हकअधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे। गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरूको समस्यालाई सहजीकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिइन् । कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिइन्। जेनजीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ। साथै जेनजीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे। दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ।

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चार मन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए। सञ्चार मन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन्। कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी)मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो। कोरियाको भ्रमण सकेर सञ्चार मन्त्री खरेल आज साँझ स्वदेश फर्कने तालिका छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होस: सुशीला कार्की
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री पौडेल
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीय नागरिक पक्राउ
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
आजैबाट लागू हुनेगरी पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी
सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी