Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
९२ पटक हेरिएको
Shares
प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक

सारांश

  • दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ तीमध्ये १९ वटा वाणिज्य बैंक छन् ।
  • शत प्रतिशत सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्यबाहेक सबै बैंक सूचीकृत छन् ।
  • प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ ।

 

१५ फागुन, काठमाडौं । दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ तीमध्ये १९ वटा वाणिज्य बैंक छन् । शत प्रतिशत सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्यबाहेक सबै बैंक सूचीकृत छन् । प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ ।

कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर आम्दानी निस्किन्छ । लगानीकर्ताको एक कित्ता सेयरवापत कम्पनीले गरेको आम्दानी नै प्रतिसेयर आम्दानी हो । कम्पनी सञ्चित नोक्सानीमा नरहेको अवस्थामा प्रतिसेयर आम्दानी जति धेरै, त्यति नै बढी प्रतिफल पाउने सम्भावना रहन्छ ।

यतिबेला मूल्य आम्दानी अनुपात (पीई रेसियो)का आधारमा वाणिज्य बैंकहरुको सेयर लगानीका हिसावले अरु सेक्टर भन्दा सुरक्षित देखिएको छ । प्रतिसेयर आम्दानीलाई बजार मूल्यका आधारमा तुलना गर्न पीई रेसियो महत्वपूर्ण सूचक हो । बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर निस्कने पीई रेसियो न्यून हुँदा राम्रो मानिन्छ । दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकको वार्षिक प्रतिसेयर आम्दानी १४ भन्दा बढी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ