परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
८८ पटक हेरिएको
Shares
परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने

सारांश

  • संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने भएका छन् ।
  •   उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर्ने उनको नीजि सचिवालयले जनाएको छ ।
  • अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन् ।

काठमाडौँ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले विदाइको परम्परागत शैली तोड्ने भएका छन् ।  उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर्ने उनको नीजि सचिवालयले जनाएको छ ।

अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन् । उनी बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन् ।  प्रधानमन्त्री शाहकी प्रेस सल्लाहकार दीपा दाहालले भनिन्,‘प्रधानमन्त्रीज्यूज दिनभर सिंहदरबारमै व्यस्त हुनुहुन्छ, महत्वपूर्ण भेटघाटहरु छन् । त्यसपछि ६ः२० बजे निवासबाट विमानस्थल प्रवेश गर्ने कार्यक्रम छ । ७ बजे कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्नुहुनेछ । अरु कार्यक्रमबारे मलाई डिटेलमा थाहा छैन ।’ विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम हुने गरेको भएपनि बालेनले त्यो परम्परा तोड्ने सचिवालय स्रोतको भनाइ छ ।

सामान्यत प्रधानमन्त्रीको विदाइमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरु विमानस्थल पुग्ने गरेपनि मंगलबार साँझ कसैलाई पनि निम्ता गरिएको छैन् ।

त्यस्तै, प्रधानमन्त्रीको विदाइमा नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा रहेको भएपनि अनरको समेत कार्यक्रम तय भएको छैन् । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्रीका लागि औपचारिक कार्यक्रम नराखिएको जनाइएको छ ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल न्यूयोर्क पुगिसकेका छन् ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी
बलात्कारको अभियोगमा दुई जना पक्राउ
बलात्कारको अभियोगमा दुई जना पक्राउ
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री रायको राजीनामा
राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति
राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित