राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२० पटक हेरिएको
Shares
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने

सारांश

  • राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य विचार मिल्ने दल समूहसँग चुनावी मोर्चाबन्दी गर्ने निर्णय गरेको छ ।
  • गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको हो ।
  • राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्ने सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल जारी नै रहेकोले यथाशीघ्र टुंगो लगाउने र सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनका लागि दल दर्ता पनि गर्ने निर्णय गरियो ।

२ मंसिर, काठमाडौं ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य विचार मिल्ने दल समूहसँग चुनावी मोर्चाबन्दी गर्ने निर्णय गरेको छ । गत सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको हो । राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्ने सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल जारी नै रहेकोले यथाशीघ्र टुंगो लगाउने र सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनका लागि दल दर्ता पनि गर्ने निर्णय गरियो ।

साथै अन्य पार्टी र मोर्चाहरूसँग चुनावी तालमेल पनि गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा छ । पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसको प्रक्रिया पारदर्शी, समावेशी र सहभागीतामा आधारित बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिले गठन गरेको चुनावी रणनीति कार्यदलले उम्मेदवारीका लागि स्वदेशवादी विचारधारा प्रतिको प्रतिबद्धता, सामाजिक समर्पण, पार्टीका सदस्य अनिवार्य नभएको तथा जनप्रतिनिधित्व क्षमताका बिभिन्न इन्डिकेटर सहितको मापदण्ड तोकेको छ ।

‘आगामी निर्वाचनमा पार्टीले आफ्नो स्वदेशवादी विचारधारा, आर्थिक क्रान्ति, भ्रष्टाचार विरुद्धको संघर्ष र सांस्कृतिक पुनरुत्थानको एजेन्डालाई संस्थागत गर्ने र उत्पीडित समुदायहरूको राजनीतिक प्रतिनिधित्वलाई बलियो बनाउने अवसर प्राप्त गर्न खोजेको छ । तसर्थ पार्टीका सबै जिल्ला समितिहरूलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन दिने निर्णय गरिएको छ,’ बैठकको निर्णय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव
निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
बागलुङका एक हजार तीन सय घर बिजुलीविहीन
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा