विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

सारांश

  • गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ ।
  • हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले  विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो ।
  • अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए ।

५ साउन, काठमाडौँ ।

गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको छ । हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले  विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए । ‘लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ ।’ उनले भने– ‘अध्यागमन कार्यालयमा प्रमुखका रूपमा आएका सहसचिव घिमिरे पनि आजदेखि हाजिर भइसक्नुभएको छ ।’

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् । केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृहमन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ ।  ‘विमानस्थलबाट आएका अधिकृतहरू मन्त्रालयमा दरबन्दी मिलान हुन्छ ।’  गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले भने– ‘दरबन्दीभन्दा बढी अधिकृत भए तिनलाई सामान्य प्रशासन मन्त्रालय मार्फत बाहिर पठाउने काम हुन्छ ।’ उनले दरबन्दी अनुसार मात्रै मन्त्रालयले अधिकृतहरू राख्ने बताए ।

त्यस्तै सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । उक्त समितिलाई विदेश जाने आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रश्तुत गर्ने लगायत कार्यादेश दिइएको छ । समिति अहिले कार्यादेश अनुसार काम गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
विदेशी पर्यटक र सवारीसाधनका लागि वीरगन्जमा एकल सुरक्षा जाँच प्रणाली लागू
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
सामान्य प्रशासन मन्त्रालयलाई सचेत पत्र
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
काठमाडौंबाट ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ
काठमाडौंबाट ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम