छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
२६ पटक हेरिएको
Shares
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार

सारांश

  • ३३ वर्षीय मुकेश चन्द्राकार यही जनवरी १ गते रातिदेखि घरबाट बेपत्ता भएका थिए।
  • पछि उनको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो।
  • सेप्टिक ट्यांकी अभियुक्त ठेकेदार मुकेश चन्द्रकारका मजदुर बस्ने ठाउँमा निर्माण गरिएको हो।

२२ पुस,  भारतमा पत्रकार मुकेश चन्द्रकारको हत्याका मुख्य आरोपित सुरेश चन्द्रकारलाई छत्तीसगढ प्रहरीको एसआईटीले आइतबार हैदराबादबाट पक्राउ गरेको छ। ३३ वर्षीय मुकेश चन्द्राकार यही जनवरी १ गते रातिदेखि घरबाट बेपत्ता भएका थिए। पछि उनको शव सेप्टिक ट्यांकीमा भेटिएको थियो।

सेप्टिक ट्यांकी अभियुक्त ठेकेदार मुकेश चन्द्रकारका मजदुर बस्ने ठाउँमा निर्माण गरिएको हो। यस घटनामा जनवरी ३ का दिन प्रहरीले सुरेश चन्द्रकारका दुई दाजु रितेश चन्द्राकार र दिनेश चन्द्राकारसहित सुपरभाइजर महेन्द्र रामटेकेलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।वास्तवमा, डिसेम्बरमा पत्रकार मुकेश चन्द्राकारले माओवादी प्रभावित क्षेत्रमा सडक निर्माणमा भ्रष्टाचार भएको समाचार छापेका थिए।यो खबरपछि प्रदेश सरकारले उक्त सडक निर्माण ठेक्कामा छानबिन थालेको थियो।

जनवरी १ गते साँझ पत्रकार मुकेश चन्द्राकारलाई रितेश चन्द्राकारले घरमा खाना खान बोलाए। बस्तर प्रहरीका अनुसार त्यो साँझ खाना खाने क्रममा रितेश र मुकेशबीच झगडा भयो र त्यसपछि मुकेशको हत्या भयो। भारतीय सञ्चारमाध्यमका अनुसार छत्तीसगढको बस्तरमा भएको यो हत्या घटना भारतभर चर्चाको विषय बनेको छ। भारतीय माओवादी प्रभावित बस्तरमा पत्रकारिता चुनौती बनेको भन्दै भारतका पत्रकारले चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त
उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
दुई मन्दिर तोडफोड गरेको आरोपमा बैठा पक्राउ
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृ*त्यु, दर्जनौँ घाइते
रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल
रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
आज खिर खाएर साउन १५ मनाइँदै
आज खिर खाएर साउन १५ मनाइँदै
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी
राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा दिने रामहरि खतिवडाको तयारी