नेपाल आइपुगिन् गायिका मेनुका पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २२, २०८०
|
|
७३ पटक हेरिएको
Shares
नेपाल आइपुगिन् गायिका मेनुका पौडेल

सारांश

  • इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ ।
  • पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई त्यहाँ नेपाली सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे ।
  • उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए ।

काठमाडौं। इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ ।

पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई त्यहाँ नेपाली सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे । उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई नगर परिक्रमा गराइएको थियो । धुलाबारी, चारअली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले उनको स्वागत गरे । गृहनगर चारअलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो ।

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शोले उनलाई निकै चर्चा दिलायो । उनले अबको एकवर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा ब्यस्त हुने समेत बताएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?