एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
३४ पटक हेरिएको
Shares
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा

सारांश

  • सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
  • सिरहाको गोलबजार नगरपालिका वडा नं.
  • ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका संजीव लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

३१ चैत,  सिरहा।

सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका संजीव लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टीप्रति असन्तुष्टि पोख्दै वडा अध्यक्ष लामाले आफ्नो फेसबुक स्टाटसमा वडाध्यक्ष तथा अन्य सबै जिम्मेवारीसहित एमाले पार्टीको साधारण सद्स्य समेत नरहने घोषणा गरेका छन्। वडाध्यक्ष लामाले पार्टी परित्याग गरेको निर्णयको कारण भने खुलाइएको छैन। तर शनिबार सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेशनमा एमाले नेता तथा मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टीमा हैकमवादी चलाएको र पार्टीको बिधान विपरीत कनिष्ठहरुलाइ जिल्ला सदस्यमा समावेश गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले भने, ´सिरहामा एमाले पार्टी भित्र नातावाद हावी भएको देखिएकोले आफूले राजीनामा दिएको हुँ।’ उनले आफू कुनै नेताको दासानुदास बनेर बस्न नसक्ने भन्दै राजीनामा दिएको र यो कुनैपनी हालतमा फिर्ता नलिने बताए। लीलानाथ श्रेष्ठ मधेश प्रदेश इञ्चार्ज भएदेखि कार्यकर्ता दबाउने र नातावाद प्रवृत्ति हावीप्रती कार्यकर्ताहरु असन्तुष्ट रहेको देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यारालाई आजीवन कारावासको सजाय
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृ*त्यु
नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ
नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
यू-१९ महिला एसिया कप : आज नेपाल भारतसँग भिड्दै
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
सभामुख घिमिरे आज कम्बोडिया जाँदै
३१ अर्ब हाराहारीमा बजेट ल्याउँदै कर्णाली सरकार, सांसदलाई ५ करोड
३१ अर्ब हाराहारीमा बजेट ल्याउँदै कर्णाली सरकार, सांसदलाई ५ करोड
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले
ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी
ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी