भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
४२ पटक हेरिएको
Shares
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्‍को एक करोड सहयोग

सारांश

  •   निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ।
  • परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको  हो ।
  • परिषद्का अध्यक्षसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई चेक हस्तान्तरण गरे।

३ मंसिर, काठमाडौं । 

निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ। परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको  हो । परिषद्का अध्यक्षसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई चेक हस्तान्तरण गरे। कोषमा ७ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहने गरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ। समितिको केही दिनअघिको बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने
कोशीमा तीन दिन गणतन्त्र दिवस मनाइने
कोशीमा तीन दिन गणतन्त्र दिवस मनाइने
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
हैजा संक्रमित मध्य ११ प्रतिशतको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
आज कांग्रेस संसदीय दलको बैठक बस्दै