यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)

सारांश

  • सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो ।
  • उक्त बैठकका निर्णयबारे सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराएका छन् ।

२४ कात्तिक, काठमाडौं ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका निर्णयबारे सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराएका छन् । उनका अनुसार, नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त, मधेशको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गरिएको छ । त्यस्तै, भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्ता छन् सरकारका मुख्य ७ निर्णय :

–नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने ।

–राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।

–भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।

–२०८२ कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति ।

–भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।

–२०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको छ । 

–मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
आज पनि घट्यो सुनचाँदीको मूल्य
आज पनि घट्यो सुनचाँदीको मूल्य
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
छात्रावास व्यवस्थित गर्न अभिलेखीकरण गर्दै कामपा
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का
लोकतन्त्रमा समस्या आए कांग्रेस–एमाले एक ठाउँमा उभिनेछन् : पूर्ण बहादुर खड्का