बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २१, २०८३
|
|
३१३ पटक हेरिएको
Shares
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध

सारांश

  •   निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि वीपीराजमार्ग बन्द गरिएको छ।
  • रोशी खोलामा पानीको बहाव बढेसँगै राजमार्गको काभ्रे खण्डमा सवारी आगमन बन्द गरिएको हो।
  • शनिबार पानी परेर रोशी खोलाको पानीको सतह केही बढेको थियो।

२१ असार, काठमाडौँ । 

निरन्तर परिरहेको वर्षाका कारण रोशी खोला र दाप्चाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि वीपीराजमार्ग बन्द गरिएको छ। रोशी खोलामा पानीको बहाव बढेसँगै राजमार्गको काभ्रे खण्डमा सवारी आगमन बन्द गरिएको हो। शनिबार पानी परेर रोशी खोलाको पानीको सतह केही बढेको थियो।

त्यसमाथि आइतबार अपरान्हदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढी आएर डाइभर्सन बगाएको हो। काभ्रेका सीडीओ गोपालप्रसाद अधिकारीका अनुसार रोशी खोलामा आएको बाढीले सडक अवरुद्ध गरेका कारण सवारी आगमन बन्द गरिएको हो। घुम्ती भएको ठाउँ र चौकीडाँडा खण्डमा क्षति पुगेपछि तत्कालका लागि सबै किसिमका सवारी साधन बन्द गरिएको हो। ‘डाइभर्सन बगाएपछि अहिले राजमार्गमा सवारी साधन तत्कालका लागि होल्ड भएका छन्। राति यसै पनि आवत–जावत बन्द हुन्छ। पानी रोकियो र सबै कुरा ठिकठाक भएमा भोलि बिहानदेखि सवारी साधन चल्नेछन्। अन्यथा यसै भन्न सकिँदैन’, सीडीओ अधिकारीले नेपालखबरसँग भने।  काठमाडौंबाट पूर्वतर्फ गइरहेका सवारी साधन काभ्रेभञ्ज्याङ र पूर्वबाट आइरहेका सवारी साधनलाई मंगलटार तथा नेपालथोकमा होल्ड गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
जय शाह ट्रफीका लागि चारै टिमले घोषणा गर्‍यो १५ सदस्यीय टोली, भोलि उद्घाटन खेल हुने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
पठाओ र इन्ड्राइभ जस्ता राईड सेयरिङले ‘अफलाइन’ यात्रु बोके जरिबाना हुने
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता
सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची