प्रचण्डद्वारा नाढीमन तालको अवलोकन, पर्यटन प्रवर्द्धनमा जोड
सारांश
- मधेस जागरण अभियानको क्रममा सर्लाही पुगेका अध्यक्ष प्रचण्डले ताल क्षेत्रको निरीक्षण गर्दै यसको पर्यटन सम्भावनाबारे चासो व्यक्त गर्नुभयो।
- उहाँले नाढीमन तालको संरक्षण तथा प्रवर्द्धन गर्न सके यसले स्थानीय पर्यटन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
- अवलोकनअघि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले अध्यक्ष प्रचण्डलाई स्वागत गर्नुभएको थियो।
सर्लाही, फागुन १६ – पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान सर्लाहीस्थित नाढीमन तालको अवलोकन गर्नुभएको छ।
मधेस जागरण अभियानको क्रममा सर्लाही पुगेका अध्यक्ष प्रचण्डले ताल क्षेत्रको निरीक्षण गर्दै यसको पर्यटन सम्भावनाबारे चासो व्यक्त गर्नुभयो। उहाँले नाढीमन तालको संरक्षण तथा प्रवर्द्धन गर्न सके यसले स्थानीय पर्यटन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
अवलोकनअघि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले अध्यक्ष प्रचण्डलाई स्वागत गर्नुभएको थियो। स्वागतका क्रममा अध्यक्ष महतोले नाढीमन तालको विकासका लागि विशेष पहल गर्न आग्रह समेत गर्नुभयो।
ताल अवलोकनका क्रममा स्थानीयबासी, पार्टी कार्यकर्ता तथा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै प्रचण्डले पर्यटन पूर्वाधार विकासका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले प्राकृतिक सम्पदाको उचित संरक्षण र व्यवस्थापन आवश्यक रहेकोमा पनि जोड दिनुभयो।
अवलोकनका क्रममा नेकपा माओवादी केन्द्रका नेता, स्थानीय जनप्रतिनिधिहरू तथा विभिन्न तहका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया