तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

सारांश

  • तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ ।
  • मुसिकोट नगरपालिका–१ खलङ्गामा सम्पन्न  फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो ।
  •  बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

२७ जेठ,  रुुकम ।

तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ । मुसिकोट नगरपालिका–१ खलङ्गामा सम्पन्न  फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो । बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

बौदीकालीमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेका हिमाल सुनारी, सरोज बर्देवा र राजन दर्लामी मगर तथा हाम्रो सरोकारमा धनबहादुर भट्ट, विष्णु बस्नेत र मनोज घिमिरे सम्मिलित थिए । उपाधिसँगै बौदीकालीले रु ५ लाख ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिए ।  यसैगरी उपविजेता नवलपुरको हाम्रो सरोकारले रु २ लाख ६१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । रुकुम पश्चिमको ‘टिम खनाल’ तेस्रो तथा सल्यानको वनगाड कुपिण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।दुवै टोलीले क्रमशः रु एक लाख ५१ हजार र रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।  महिलातर्फ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले उपाधि जितेको छ । फाइनल खेलमा रुकुम पूर्वको जनज्योति युवा विकास केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो । उसले योसँगै रु एक लाख नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता जनज्योतिले रु ७५ हजार, तेस्रो भएको रुकुम भलिबल टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको रुकुम पूर्वको सीमा भलिबल क्लबले रु २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
नेपाली क्रिकेट टोलीलाई सभामुखले दिए सफलताको शुभकामना
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते