मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २४, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त

सारांश

  • मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ ।
  • सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
  • सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् ।

२४ कात्तिक, काठमाडौं ।

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो । सरकारमा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका छन् ।

संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सिट छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका जितेन्द्र सोनलले यही कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि उनको आलोचना भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
करेन्ट लागेर हलो जोतिरहेका पुरुष र गोरुको मृत्यु
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
ड्रोन, सीसीटीभी र गोप्रो क्यामेराबाट आजको प्रदर्शनको निगरानी गर्दै प्रहरी
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
इजरायलमा इरानको कारबाही : मृ*तक संख्या २१ पुग्यो, अमेरिकी दूतावासमा क्षति
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा