सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात

सारांश

  • सर्लाही सदरमुकाम मलंगवामा सर्लाही क्रीकेट लिग सिजन २ को पहिलो खेलमा सगरमाथा टिमले गौतम बुद्ध टिमलाई ८४ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ।
  • मलंगवास्थित कवर्ड हलमा आयोजित प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रनको विशाल योगफल बनायो।
  • सगरमाथाका लागि प्रमोद दासले अविजित ८२ रनको उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याच घोषित भए।

३ कार्तिक,सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा सर्लाही क्रीकेट लिग सिजन २ को पहिलो खेलमा सगरमाथा टिमले गौतम बुद्ध टिमलाई ८४ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ।

मलंगवास्थित कवर्ड हलमा आयोजित प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रनको विशाल योगफल बनायो। सगरमाथाका लागि प्रमोद दासले अविजित ८२ रनको उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यान अफ द म्याच घोषित भए। उनले टिमलाई ठुलो स्कोरमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। सुनिल दासले ५० रनको योगदान दिए भने गौतम बुद्धका नजरु खानले २ विकेट लिएका थिए।

जवाफमा गौतम बुद्धले २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो। विवेक ठाकुरले गौतम बुद्धका लागि सर्वाधिक ४७ रन बनाएका थिए, तर टिमलाई जित दिलाउन सकेनन्। सगरमाथाका माधव झा र जितेश मण्डलले समान २-२ विकेट लिएर उत्कृष्ट बलिङ गरे।अब आइतबारको पहिलो खेल कंचनजंघा र अन्नपूर्णबीच तथा दोस्रो खेल सगरमाथा र माच्छापुच्छ्रे टिमबीच हुनेछ।

सर्लाही क्रीकेट संघका कोषाध्यक्ष तुलसी यादवले उक्त जानकारी दिएका हुन्। प्रतियोगिताको उद्घाटन मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर यादवले गरे। कार्यक्रममा सर्लाही क्रीकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका सदस्य माधव कर्माचार्यले अध्यक्षता गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
एमाले इलामबाट सुहाङ नेम्वाङ सहित सबै प्रतिनिधि निर्विरोध
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
कोप २८ मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ : प्रधानमन्त्री
महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन
सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा
सुशासन कायम गर्न मधेस प्रदेशमा ‘हेल्लो सिएम’ कार्यक्रम घोषणा
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ
पूर्वाधार क्षेत्र र बजेट कार्यान्वयनमा चुनौती : निर्माण व्यवसायी महासंघ